बाशुदेव पोख्रेल, गुल्मी – गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ। यतिबेला गणेश अधिकारी र निर्मला थापा मगरको आवाजमा नयाँ गीत “रिसको भोरी” सांगीतिक बजारमा उपलब्ध भएको छ। गितमा गणेश अधिकारीको शब्द तथा लय रहेको छ भने महेन्द्र भण्डारीको संगीत संयोजन रहेको छ। रिसको भोरी बोलको सो गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मनोरन्जनात्मक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। गीतमा बविन सिँह ठकुरी, सम्प्रिया खड्का वर्षा लम्साल र प्रकाश दुराको अभिनय देख्न सकिन्छ। गितको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने शिव पौडेलले सम्पादन गरेका हुन । गीतको भिडियोलाइ स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् ।