खोलामा फसेका चार जनाकाे सकुशल उद्धार

0
4

काठमाण्डाै- कास्कीको पोखरा महानगरपालिका-१३ विजयपुर खोलामा फसेका चार जनाकाे सकुशल उद्धार भएकाे छ। सशस्त्र प्रहरीले खाेलामा फसेका चार जनाकाे गएराति उद्धार गरेकाे हाे । निर्माणाधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको बेला बाढी आउँदा उनीहरु फसेका प्रहरीले जनाएकाे छ। बाढीमा फसेका २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षीय क्षितिज नेपालीकाे उद्धार गरिएकाे हाे। उनीहरु बाढीमा फसेको सूचना पाएपछि २४ नम्बर कालीका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली उद्धारका लागि खटिएकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here