खुल्यो विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ को लागि आबेदन , यस बर्ष कुनै सुल्क नलाग्ने

0
388

काठमाडौं – गीतको सम्मान संगीतको सम्मान स्रस्टाहरुको महान चाड रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहान भन्ने मूल नारा सहित यहीँ चैतमा हुने पक्का भएको छ। बिगत ११ बर्षदेखी निरन्तर भैरहेको यस अवार्डको आयोजना विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले गर्दै आइरहेको छ। नेपालकै निस्पक्ष र लोकप्रिय अवार्डको रुपमा चिनिएको विन्ध्यवासिनी म्युजिक अवार्डको ११ संस्करण अर्थात विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ को मनोनयनको लागि आबेदन फर्म माघ २५ गते आइतबारदेखि खुलेको विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बताएको छ।

सधै मंसिरमा सम्पन्न हुँदै आइरहेको यो अवार्ड समारोह यसपाली भने कोरोना महामारीका कारण ढिला भएको बताइएको छ। अवार्डको लागि २०७६ श्राबण १ गतेदेखि २०७७ पौष मसान्त सम्म सार्वजनिक भएका गीतहरुबाट आबेदन फर्म भर्न सकिने र अवार्डको फर्म भर्ने म्याद फाल्गुन १५ गतेसम्म रहेको बताइएको छ। फर्म विन्ध्यवासिनी म्युजिक प्रा.लि.को कार्यालय अनामनगरमा उपलब्ध हुने बताइएको छ। साथै यस बर्ष कोरोना महामारीका कारण नेपाली संगीत क्षेत्रमा परेको आर्थिक संकटलाई मध्यनजर गर्दै विन्ध्यवासिनी म्युजिकले आबेदन फारमको कुनैपनि सुल्क नलिने निर्णय गरेको विन्ध्यवासिनी म्युजिक प्रा.लि.का संचालक सुबास रेग्मीले बताएका छन् । विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ का मनोनयनका विधाहरु यसप्रकार रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here