खुल्यो बलेफी हाइड्रो पावर लिमिटेडको आईपीओ

0
8
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

 काठमाडौं –  बलेफी हाइड्रो पावर लिमिटेडले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोक स्थानीयवासीका लागि आइपीओको बिक्री खुलाएको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँ अंकित १८ लाख २७ हजार ९७० कित्ता सेयरमा आवेदन दिन पाउनेछन् । बिक्री खुलेको कुल सेयरमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर जुगर गाउँपालिका २, ३ र ४ वडाका स्थानीयले आवेदन गर्न पाउँछन् । यस्तै, ७ लाख ३१ हजार १८८ कित्ता सोही गाउँपालिकाका ५ र ७ वडावासी र बलेफी गाउँपालिकाको १, ३, ६ र ७ तथा सुनकोसी गाउँपालिकाका स्थानीयले अवोदन गर्न पाउनेछन् । आईपीओमा आवेदन गर्ने अन्तिम मिति फागुन १२ गतेसम्म छ । सो मितिमा आवेदन नपरेमा आवेदन मिति बढाएर फागुन २७ पुर्याइने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here