खानेपानी ढुवानी गर्ने ट्याङ्करको ठक्करबाट कञ्चनपुरमा एकजनाको मृत्यु

0
16

कन्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा ट्याङ्करले ठक्कर दिँदा ३८ वर्षीय लोकेनसिंह ठकुरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाए अनुसार खानेपानी बोक्ने ट्याङ्करले मोटरसाइकलमा सवार व्यक्तिलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि आक्रोशित स्थानीयवासीले पानी ढुवानी गर्ने दुईवटा ट्याङ्करमा आगजनीसमेत गरेको बताइएको छ । घटना कालिका स्वास्थ्यचौकी नजिकै भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here