खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा धनगढीमा तीन जना घाइते

0
36

कैलाली – खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा धनगढीमा तीन जना घाइते भएका छन् । घाइते हुनेमा धनगढी उपमहानगरपालिका-८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् । प्रहरीका अनुसार बिर्मा बिष्टको अवस्था गम्भीर छ । उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। आगलागीबाट घरमा क्षति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here