खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिक्री खुला

0
11
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं- खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ भदौ बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले हाल कायम जारी पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको छ । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको एक लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको छ । इच्छुक लगानीकर्ताले सस-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here