खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

0
6
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं- खप्तड लघुवित्तले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सार्वजनिक निष्कासनमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सोमबार बिहान भएको बाँडफाँटमा १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर प्रापत गरेको प्रभु क्यापिटलले जनाएको छ । लघुवित्तले ८ भदौदेखि १२ भदौसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिबक निष्कासनमा ल्याएको थियो । जसमध्ये कम्पनीको जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सार्वजनिक निष्कासन हुने सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेर बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणको लागि आवेदन खुला गरेको थियो । उक्त सार्वजनिक निष्कासनमा १८ लाख ८३ हजार ११८ आवेदन परेको क्यापिटलले जनाएको छ। जसमध्ये १ लाख ४४ जनाको आवेदन १७ लाख ८३ हजार ७४ जनाको आवेदन स्वीकृत भएको जनाएको छ । सोही स्वीकृत भएको आवेदकलाई गोलाप्रथामा सहभागी गराएर १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट भएको छ । अन्य आवेदकले भने सेयर प्राप्त गरेनन्। कम्पनीको आईपीओ नतिजा, बिक्री प्रबन्धक प्रभु क्यापिटल र लघुवित्तकै वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङले आईपीओ नतिजा हेर्नको लागि बनाएको वेबसाइट र मेरोसेयर मार्फत हेर्न सकिनेछ । (समाचार श्रोत- अनलाइन खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here