क्यारेबियन प्रिमियर लिगका लागि सन्दिपको उडान बिहीबार निश्चित

0
13

काठमाडौं – क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्ने उनका म्यानेजर रमन सिवाकोटीले बताएका छन्।
कोरियन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत उनी अमेरिका हुँदै क्यारेबियन पुग्नेछन्। सन्दीप अगष्ट १ तारिखमा त्यहाँ पुग्नेछन्। यसअघि अन्तर्राष्ट्रिय उडान अनिश्चितताका कारण सन्दीपको सीपिएल क्रिकेटमा सहभागिता अनिश्चितजस्तै बनेको थियो। प्रतियोगिता सुरु हनुभन्दा केही साताअघि नै त्यहाँ पुगिसक्ने प्रावधान छ, उनि त्यहा क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।
सिपिएल आयोजकले सम्पुर्ण खेलाडीलाई अगष्ट १ तारिखसम्म आईपुग्न समयसिमा दिएको छ। सिपिएलमा यसपटक सन्दीप जमैका तल्लावाजबाट खेल्दैछन्। उनलाई ९० हजार अमेरिकी डलरमा तल्लावाजले आबद्ध गरेको हो। सिपिएल अगस्ट १९ तारिखदेखी सुरु हुँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here