कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस

0
8

काठमाडौं- कोशी प्रदेश सरकारको वैधानिकतामाथि सर्वोच्च अदालतमा आज देखी बहस सुरु हुने भएको छ । कोशी सरकार गठन अस‌बैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आज देखी बहस हुन लागेको हो । सो प्रदेशका निबर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायधिस मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन् । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरे पछि आज देखी कोशी सरकारको बैधानिकतामा बहस सुरु हुन लागेको हो । बहुमत नपुगेपछि सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसबिरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंबैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ । जसमा आजबाट दुवै पक्षले आ-आफनो तर्फबाट बहस गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here