कोशीमा नयाँ सरकार गठन गर्न ७ दिने म्याद

0
5

काठमाडौं- मुख्यमन्त्री उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार महिनादिन नपुग्दै पुनः नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउने सर्वाेच्चले अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले अबको ७ दिन अर्थात साउन १७ गतेभित्र संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन आदेश जारी गरेको हो ।

सर्वाेच्चले अब कुनै पनि दलले बहुमत जुटाउन नसकेको खण्डमा संविधानको धारो १६८ (३) बमोजिम कुनै पनि प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न पनि बाटो खुलाएको छ । सर्वोच्चको आदेशसँगै प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री बन्नेछन् ।

सभामुखको समर्थनमा मुख्यमन्त्री बनेपछि नेकपा एमालेका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको मुद्धा सर्वोच्च अदालतले सदर गर्दै मुख्यमन्त्री थापाको नियुक्ति बदर गरिदिएको छ ।

२१ असारमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापाले सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

असंवैधानिक नियुक्ती भन्दै एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले तटस्थ भूमिका निर्वाह गर्ने सभामुखको हस्ताक्षरविरुद्ध सर्वाेच्चमा मुद्धा दायर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here