कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो फुटेज हेर्दै सर्वोच्चका तीन न्यायाधीश

0
5

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट गत भदौ ४ गते लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजपनि सुनुवाइ जारी छ ।

सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, नहकुल सुवेदी र कुमार चुडालको पूर्ण इजलासमा जारी बहसमा आज विपक्षीका तर्फबाट बहस भइरहेको छ । जसका लागि सरकारी वकिलसहित २० जना भन्दा धेरै अधिवक्ताहरुले बहस गरिरहेका छन् । थापाको पक्षबाट बहस गर्न पूर्व महान्यायाधीवक्ता खम्बबहादुर खातिसहित अधिवक्ताहरु बाबुराम दाहाल, शेरबहादुर केसीलगायतले नाम टिपाएका छन् ।

यसैबीच सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिएको दिनको भिडियो फुटेज हेर्ने भएको छ । प्रदेश सभामा सांसदहरुले मतदान गरिसकेपछि मत सच्याउन सभाध्यक्ष इस्राइल मन्सुरीले तीन मिनेटको समय दिएका थिए । मत सच्याउन समय दिएर मन्सुरी भने सभाको अध्यक्षता गर्न गीता तिम्सिनालाई छोडेर मतदान गर्न गएका थिए । यसरी सभाको अध्यक्षता गर्ने मन्सुरीकोसहित मतले मुख्यमन्त्री थापाले विश्वासको मत पाएपछि निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुगेका थिए ।

थापाले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मुद्दाको अन्तिम किनारा नलागेसम्म दिर्घकालीन प्रक्रितीको कुनैपनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेका थिए । भने न्यायाधीशद्धय सुष्मलता माथेमा र सपना प्रधान मल्लको संयुक्त इजलासले रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here