कोरोना सन्त्रासका बेला मध्यरातमा ट्रान्सपार्टीमा संलग्न रहेका २५ जना प्रहरी नियन्त्रणमा

0
12

पोखरा – कोरोना सन्त्रासका बेला मध्यरातमा ट्रान्सपार्टीमा संलग्न २५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पोखराको लकेसाइडमा पर्ने पामे क्षेत्रबाट मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमान्डमा गएको प्रहरी टोलीले उनीहरूलाई राति जंगलबाट नियन्त्रणमा लिएको हो । उनीहरुले गाडी नजाने ठाउँ पामे क्षेत्रभन्दा माथि जंगलभित्र भेला भएर पार्टी गरेका थिए ।
ट्रान्सपार्टी लागुऔषध तथा यौन क्रियाकलापसहित उच्च वर्गका स्वदेशी तथा विदेशी व्यक्तिले गर्ने गर्छन्। लागूऔषध तथा अल्कोहलको नशामा लट्ठहरूलाई चर्को संगीतको धुनले मस्त बनाइदिन्छ अनि सहभागीहरू एकोहोरो हुन्छन् । त्यहाँ उनीहरूलाई एक–अर्काको मतलब हुँदैन। उनीहरू हातमा पेय पदार्थ अथवा लागूऔषध लिँदै नाच्न थाल्छन् अनि एक–अर्कासँग नजिकिन्छन् । विस्तारै अश्लील हर्कत हुन थाल्छ।
ट्रान्स पार्टी लागूऔषधको सेवन बिना सम्भव हुँदैन । लागू औषधको प्रयोग हुने हुनाले नै यस्तो पार्टीलाई विश्वभर निषेध गरिन्छ ।यस्ता ट्रान्स पार्टीमा प्रयोग हुने लागू औषधलाई पार्टी ड्रग्स भनिन्छ । ट्रान्स पार्टीमा प्रायःगरी एक्सटेसी लागू पदार्थ प्रयोग गरिन्छ जुन ट्याबलेटमा उपलब्ध हुन्छ । यसको असर २४ देखि ३२ घण्टासम्म रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here