कोरोना संक्रमण देखिए सात दिनसम्म आइसोलेशनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

0
9

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण भएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । संक्रमणका कारण ज्वरो र सास फर्न कठिनाई भएको अवस्थामा सात दिनसम्म अनिवार्य रुपमा आइसोलेशनमा बस्न मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले आग्रह गरेका हुन्। तर, आइसोलेसनमा पाँच दिन वा त्यो भन्दा बढी बसिसकेको र कुनै पनि लक्षण बाँकी नरहेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाइ नै ज्वरो कम भएको भए भने आइसोलेसनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ । अहिले दैनिक कोरोना भाइरसको संक्रमण बढिरहेको छ । मंगलबार मात्रै एक सय ७१ जनामा सङ्क्रमण, दुई जनाको मृत्यु भएको छ भने तीन सय ९७ जना सक्रिय संक्रमित पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here