कोरोना संक्रमणबाट सशस्त्रका इन्स्पेक्टरको निधन

0
19

काठमाडौं – सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कोरोना संक्रमणबाट मृत्यु भएको छ। विराट मेडिकल कलेजमा उपचाररत प्रहरी निरीक्षक नवीन बुढाथोकीको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ। बुढाथोकी कात्तिक २७ गते उक्त मेडिकल कलेजमा भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो।
सशस्त्र प्रहरी बल एक नम्बर बाहिनी पकलीका एसएसपी कमल गिरीका अनुसार तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ का हुन्। उनी ३ नम्बर कंकालिनी गण मोरङ टंकिसिनवरीमा कार्यरत थिए।
उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकलमा भर्ना गरिएको थियो। भर्नापछि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।
स्थिति गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बुढाथोकीलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ। बुढाथोकी ०६८ सालमा सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here