कोरोना संक्रमणका कारण वीरगञ्जमा जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृतको मृत्यु

0
18

वीरगञ्ज- कोरोना संक्रमणबाट वीरगञ्जमा जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन् । डा. मदन उपाध्यायका अनुसार ५६ वर्षीय पुरुष ‘मुटुको रोगी थिए , कोभिड लागेपछि उनको अवस्था गम्भिर नै थियो, र ‘आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार गर्दा पनि बचाउन सकिएन ।’
मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।
बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको हो । बिहिबार पनि पर्सामा कोरोना संक्रमणकै कारदुइजनाको मृत्यु भएको थियो
बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । यस सँगै पर्सामा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here