कोरोना तिमी यो संसारमा किन आयौ : प्रमिश आचार्य, कक्षा : ५

0
175

रचना : प्रमिश आचार्य
कक्षा : ५
स्कुल : श्री सिद्धार्थ उच्च माध्यमिक बिधालय
कपिलवस्तु नगरपालिका ३ कपिलवस्तु

कोरोना तिमी यो संसारमा किन आयौ
तिमिले आफ्नो कहरले मानिसलाइ घरभित्र बसायौ

हे कोरोना तिमिले मानिसको प्राण किन लिन्छौ
प्रकृतीको महत्व र शक्ति बुझ्ने अबसर त दिलायौ

कोरोना तिमिले मानिसलाइ घरभित्र बसायौ
पढाइ खेलकुद र आदि अन्य धेरै कामको महत्व पनि सिकायौ

हे कोरोना तिमिले ठुला ठुला देशलाइ पनि झुकायौ
प्रकृति, देवता, र भगवान भन्दा शक्तिशाली कोहि छैन भनेर पनि सिकायौ

हे कोरोना तिमी यो संसारमा के गर्न आयौ
तिमिलेत यो संसारलाइ सुनसान बनायौ

कोरोना हे तिमिले मानिसलाइ धेरै कुरा सिकायौ
प्रकृतिको महत्व र शक्तिलाई पनि धेरै बुझायौ

हे कोरोना तिमी चीन देशबाट आयौ
दुई दिने जिन्दगीमा सबै हामी मिलिजुली बस्नुपर्छ भन्ने चेतना फैलायौ ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here