कोरोनाविरुद्धको खोपले डिसेम्बर मध्यसम्म स्वीकृति पाउने सम्भावना

0
19

काठमाडौं – विश्वव्यापी महामारी बनेको कोरोना भाइरस विरुद्धको खोपले आगामी डिसेम्बरको मध्यसम्ममा स्वीकृति पाउने सम्भावना देखिएको छ । कोरोना भाइरसविरुद्ध ९० प्रतिशत प्रभावकारी देखिएको फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले मध्य डिसेम्बरसम्म स्वीकृत गर्ने सम्भावना रहेको बताइएको छ ।
फाइजरका प्रमुख कार्यकारी उगुर साहिनले अमेरिकी तथा युरोपेली निकायले आकस्मिक प्रयोगका लागि मध्य डिसेम्बरसम्ममा खोपलाई स्वीकृति प्रदान गर्ने सम्भावना रहेको बताएका हुन् ।
उनले सबै प्रक्रिया सही रुपमा अघि बढेमा अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले आकस्मिक प्रयोगका लागि स्वीकृति प्रदान गर्ने समेत बताएका छन् ।
युरोपेली संघले पनि केही शर्तसहित डिसेम्बरमा खोप प्रयोगका लागि स्वीकृति दिने सम्भावना औल्याइएको छ । फाइजरको खोप कोरोना संक्रमितका लागि ९० प्रतिशत देखिएको छ ।
यद्यपि बुधबार सार्वजनिक भएको भिन्न उमेर समूहका व्यक्तिमा गरिएको परीक्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको छ ।
अमेरिकी कम्पनी मोडेर्नाले बनाएको खोप पनि ९४।५ प्रतिशत प्रभावकारी पाइएको छ । मोडेर्नाले बनाएको खोप पनि अन्तिम चरणको परीक्षण पूरा गरी स्वीकृति प्राप्त गर्ने प्रक्रियामा छ ।
अक्सफोर्डले विकास गरेको खोप एस्ट्राजेनेका र चिनियाँ कम्पनीले निर्माण गरेको खोप पनि परीक्षणको चरणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here