कोरोनालाइ हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा कतै नचुक्न क्याप्टेन विजय लामाको आग्रह

0
32

काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन बिजय लामाले कोरोना भाइरस (कोभिड 19) लाइ सामान्य रुपमा नलिन आग्रह गरेका छन्। कोरोना संक्रमित क्याप्टेन लामा स्टार अस्पताल ललितपुरमा उपचाररत छन् । कोरोनाविरुद्ध दुई हप्तादेखिको लडाइँमा आफ्नो स्वास्थ्यमा धेरै सुधार आएको कुरा आफ्नो फेसबुक पेजमार्फत जानकारी दिदै उनले स्वास्थ्यकर्मीलाई पनि धन्यवाद दिएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।’ उनले चाँडै उडान भर्ने र बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ ।’

क्याप्टेन लामाले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो कोविडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ ।’
लामाले लेखेका छन्, ‘…आभारी छु तपाईंहरुको माया, साथ र प्रार्थनाको लागि । चाँडै उडान भर्ने छु र विदेशमा हुनु भएकाहरुलाई नेपाल फर्काउने छु अनि राष्ट्रप्रति समर्पित हुने छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here