कोरोनाभाइरस संक्रमित हाँस्यकलाकार मनोज गजुरेलको अवस्था गम्भीर आईसीयूमा उपचार हुँदै

0
16

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमित हाँस्यकलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ । गजुरलेलाई गत कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दियो ।
पारिवारिक स्रोतका अनुसार थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ । गजुरेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित ६ जना बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै गजुरेलसहित १८ जनाको आईसीयूमा उपचार भइरहेको अस्पतालका प्रवक्ता प्रविण नेपालले बताए । कोरोनाबाट संक्रमित १०१ जना बिरामीहरु सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् ।
स्रोत: रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here