कोरोनाको आशंकामा टेकुअस्पताल भर्ना गरिएका चारैजनामा कोरोनाभाइरसको संक्रमण नदेखिएको जानकारी

0
208

काठमाडौं – कोरोना (कोभिड-१९) भाइरसको आशंकामा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ।
परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। अस्पतालले रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी पनि गरेको बुझिएको छ।
चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजना बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here