कोरोनाका कारण नेपालमा पहिलो पटक बिदेशी नागरिकको मृत्यु

0
17

काठमाडौं – कोरोनाभाइरसबाट नेपालमा एकजना विदेशी नागरिकको मृत्यु भएको छ । ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको बताइएको छ । उनको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। कोरोनाका कारण नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो।

हाल पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमार्फत शुक्रबार काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएसँगै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो । त्यही उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो । यद्यपी स्वास्थ्य मन्त्रालयले यसबारे औपचारिक जानकारी भने दिइसकेको छैन । ती महिलाको शव व्यवस्थापनको तयारी थालिएको सुरक्षा स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here