कोभिड–१९ को महामारी पुनः बढेसंगै एमालेले गर्यो आफ्ना सबै कार्यक्रम स्थगित

0
5

काठमाडौं – नेकपा (एमाले) ले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ।कोभिड–१९ को महामारी पुनः बढेकोले कार्यक्रमहरु स्थगन गरिएको नेकपा (एमाले)ले बताएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यालय सञ्चालन गर्न आग्रह गरेका हुन् । पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाई आयोजना गर्न र स्थानीय नेता–कार्यकर्ता र जनप्रतिनिधिले महामारी विरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन एमालेले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here