के तपाईं फेसबुक चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने फेसबुकले दिँदैछ पैसा, यस्तो तरिका अपनाउनुस्

0
9

काठमाडौं- यदि तपाईं फेसबुक चालउनुहुन्छ र तपाईंको फेसबुक खाता सन् २००७ देखि २०२२ डिसेम्बरको बीचमा बनेको छ भने तपाईंलाई पैसा मिल्न सक्छ। सन् २०१८ मा फेसबुकले आफ्नो ८७ मिलियन प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी गलत तरिकाले क्याम्ब्रिज एनालिटिकालाई दिएको आरोप लगाइएको थियो। फेसबुक संचालक कम्पनी मेटा अब यो मुद्दामा भुक्तानी गर्न सहमत भएको छ। अर्थात्, तपाईं ७२५ मिलियन अमेरिकन डलर व्यवस्थापन अंशको हकदार बन्न सक्नुहुन्छ।

के हो फेसबकु माथि लागेको आरोप
डाटा चोरीको आरोप सन् २०१८मा फेसबुकमाथि लगाइएको थियो। र सन् २०१९ मा मुद्दा दायर गरिएको थियो। मुद्दामा फेसबुकले आफ्ना पर्योगकर्ताहरुको लिंङ्ग र उमेर जस्ता आधारभूत डाटा मात्र सार्वजनिक गरेन झन् उनीहरूका फोटो, उनीहरूले बनाएका भिडियोहरू, उनीहरूले हेरेका भिडियोहरू र उनीहरूका व्यक्तिगत सन्देशहरू पनि सार्वजनिक गरेको दाबी रहेको थियो।

‘फेसबुकलाई कथित रूपमा क्याम्ब्रिज एनालिटिकाको सन् २०१५ देखि गलत डाटा संग्रहको बारेमा थाहा थियो र गतिविधि रोक्न वा प्रयोगकर्ताहरूलाई सूचित गर्न कारवाही गर्न असफल भयो,’ कानून कार्यालयले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। फेसबुकले प्रयोगकर्ताको डाटा र सामग्रीलाई दुरुपयोग वा अनधिकृत पहुँचबाट सुरक्षित राख्न असफल भएको दाबी गरेको छ।

पैसा पाउन यसरी दाबी गर्न सकिन्छ
यदि तपाईंले फेसबुक खाता सन् २००७ को मे २४ देखि २२ डिसेम्बर २०२२ को बीचमा बनाउनु भएको छ भने दाबी गर्न सक्नुहुन्छ।

यदि तपाईं त्यो अवधिमा फेसबकु खाता बनाउनु भएको छ भने अगस्ट २५, २०२३सम्म दाबी पेश गर्नुपर्नेछ।

तपाईं यसका लागि एक भागको हकदार भएको ठान्नुहुन्छ भने तपाईंले आफ्नो नाम, ठेगाना र इमेलसहितको फाराम भर्न सक्नुहुन्छ। तपाईं तपाईंको खातासंग सम्बन्धित तपाईंको फेसबुक प्रयोगकर्ता नाम र फोन नम्बर प्रदान गर्न सोधिनेछ।

दाबी गर्नका लागि फाराम भर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस्

https://www.facebookuserprivacysettlement.com/#submit-claim

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here