एक महिनामै करोडपति ! चरा भगाउन दैनिक ३२ हजार तलब दिन्छ यो कम्पनी

0
4

काठमाडौं- कोरोना महामारीपछि विश्वमा रोजगारीको अभाव भएको छ। कतिपय कम्पनीहरू बन्द भए त कतिपयले जनशक्ति नै घटाए। जसका कारण विश्वभर लाखौं मानिसले रोजगारी गुमाउनु पर्‍यो। तर, केही मानिसहरूले कोरोनाको समयमा विभिन्न उपायहरूको मद्दतले घरमै बसि करोडपति बने। आज हामी एक यस्तो अनौठो जागिरको बारेमा कुरा गर्दैछौँ, जसको तलब र काम सुनेर छक्क पर्नुहुनेछ।

चरा हटाउने काम
संयुक्त राज्य अधिराज्यको ‘मिस्टर चिप्स चिपी’ कम्पनीले अनौठो कामका लागि मानिसहरूलाई भर्ना गर्दैछ। सो कम्पनीले चराहरू भगाउनको लागि यो काममा कामदारहरू भर्ना गरिरहेको छ।

३२ हजार दैनिक तलब
यो जागिर गर्ने मानिसहरूले आफ्नो वरिपरिका चराहरू भगाउने काम गर्नुपर्छ। यो काम कसरी गर्नुहुन्छ यो तपाईंमा भर पर्छ।

यो कम्पनी यस्तो कामका लागि प्रतिदिन प्रतिव्यक्ति ३२ हजार रूपैयाँसम्म दिन तयार रहेको छ तर काम तपाईंमा भरपर्छ। यसलाई कसरी गर्नुहुन्छ।

तपाईं चराहरू भगाउन सफल हुनुभयो भने सोही दिनको साँझ तपाईंले कम्पनीबाट ३२ हजार रूपैयाँ लगेर जान सक्नुहुन्छ।

कम्पनी किन भगाउन चाहान्छ चरा ?
यो माछा चिप्स बनाउने कम्पनी हो। यो कम्पनीले धेरै माछाहरू सङ्कलन गरेर राखेको हुन्छ।

माछा भण्डारण गर्ने क्रममा चराहरूले कम्पनीका कर्मचारीलाई आक्रमण गरी माछा चोरेर खान्छन्। जसका कारण सो कम्पनीले धेरै घाटा बेहोर्नु परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here