केहि दिनदेखि निरन्तर ओरालो यात्रामा रहेको सुनको मूल्य आजपनि ह्वात्तै घट्यो

0
12

काठमाडौँ- साताको पाँचौ दिन आज बिहीबार पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो । हिजो बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले घटेको थियो । आज तेजावी सुन पनि घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज हिजो भन्दा ३० रुपैयाँले सस्तो तोलाको १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १ हजार १३० रुपैयाँ रहेको थियो । यो मूल्य २०७९ साल लागेपछिकै सबैभन्दा तल्लो बिन्दू हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here