केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्दै कांग्रेस, कसरी हेर्ने ?

0
6

काठमाडौं- नेपाली कांग्रेसले पहिलो पटक केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । हिजो (सोमबार) पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले बैठक लाईभ गर्ने प्रस्ताव गरेका थिए । कांग्रेस केन्द्रीय समितिको बैठक आज (मंगलबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । कांग्रेस केन्द्रीय समितिको बैठकको लाईभ पार्टीको आधिकारिक फेसबु्क पेजबाट हेर्न सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here