कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मूलका यी ब्यक्ती

0
31

काठमाडौँ- कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका नागरिक काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैङ्कहरुबाट रकम निकाल्ने योजना नै पिटरको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुबाट (५० मिलियन डलर) ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना बनाएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिएका छन ।
एसएसपी थापाका अनुसार मुख्य नाइके भनिएका पिटरले नेपाली भाषा पनि बोल्न जानेका छन् ।, ‘पिटरले नेपालीसँगै हिन्दी, अंग्रेजी पनि बोल्न सक्ने एसएसपी थापाले बताएका छन ।’
पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास कैङ्क, कैलाश विकास बैङ्क र नबिल बैङ्क तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी रहेको छ ।
यस्तै प्रहरीले बैङ्कबाट रकम चोरी गरेको आरोपमा राजधानीसहित विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका १२ जनामाथि नै बैकिङ कसुर सम्बन्धी संगठित अपराधमा मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here