कुशल अभिनेता अमित पलले गरे ‘मेहफिल’ मार्फत दमदार पुनारागमन (भिडियो सहित )

0
262

काठमाडौं- गीतकार दीपक बस्नेतको शब्दमा ‘मेहफिल’ नामक क्लासिकल गीत प्रकाशनमा आएको छ। यस गीतमा लोकप्रिय गायक जगदिश समालले स्वर दिएका छन्। गीतको भिडियोमा भने अमित पल र रिया क्षेत्रीको लोभलाग्दो अभिनय रहेको छ। अनिल खनालको रचना ,सन्तोष प्रगाढ को संगीत एबम मौसम मधुरको आवाजमा रहेको ‘बनाएर मायाको भत्काएर घर’ बोलको गीतबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल कुशल अभिनेता अमित पल लामो समयपछि यहि गीतमार्फत भिडियोमा पुनारागमन गरेको बुझिएको छ। अमित अभिनित दर्जनौ गीतहरु नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय रहेका छन्। प्रियजन राइको निर्देशनमा रहेको यस गीतलाई दीपक बस्नेतले संगीत भरेका छन्। मर्मस्पर्शी शब्दले भरीपूर्ण गीतको भिडयोको छायांकन रोबिन दोङले गरेका छन्। यस गीतको भिडियोमा कोरियोग्राफी दिपक गुरुङको रहेको छ। बस्नेतको यस गीतले महिलामाथि हुने यौनहिंसा बिरुद्धको सन्देश प्रवाह गरेको छ। शक्तिको आँडमा जोसुकैले नारीमाथि गरेको ज्यादती सह्य नहुने सन्देश दिन खोजेको छ। गीतले महिलालाई समाजले जति कमजोर ठानेको छ, त्यस्तो नभई उनीहरु कुनै बीर पुरुष भन्दा कम छैनन भन्ने सामाजिक चेतना प्रवाह गरेको छ। गीतलाई दिपक बस्नेत नामको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here