कुलमान घिसिङ बाहिरिएसँगै नेपाल बिद्युत प्राधिकरणको नाफा पनि दोब्बरले घट्यो

0
16

तत्कालिन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बाहिरिएसँगै नेपाल विद्युत प्राधिकरणको नाफा पनि दोब्बरले घटेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।
गत आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणको नाफा ५ अर्बमा झर्ने अनुमान गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चुहावट बढ्दा नाफामा असर परेको बताए। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई प्राधिकरणमा स्वागत गर्दै शाक्यले सुख्खा मौसममा प्राधिकरणका आयोजनाहरुबाट उत्पादन घटेको कारण पनि नाफा खुम्चिएको बताए। आन्तरिक उत्पादन घटेका कारण भारतबाट हुने विद्युत आयात बढेको र महामारीका कारण मिटर रिडिङ पनि प्रभावित भएकाले नाफा खुम्चिएको शाक्यको स्पष्टीकरण थियो।
प्राधिकरणले गत आवर्थि वर्षसम्म ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको थियो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो।

विद्युत् चुहावट बढ्यो

कार्यकारी निर्देशक शाक्यका अनुसार गत आर्थिक वर्ष २०७७.७८मा विद्युत चुहावट पनि फेरि बढ्न सुरु गरेको छ। २०७७ असारसम्म १५.२७ प्रतिशतमा झरेको विद्युत् चुहावट बढेर १६.३ प्रतिशत पुगेको कार्यकारी निर्देशक शाक्यले बताए। यो वर्ष १४।५ प्रतिशतमा झार्ने लक्ष्य थियो।
आव २०७२/०७३मा २५.७८ प्रतिशत विद्युत चुहावट त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत वर्षसम्म १५.२७ प्रतिशतमा झरेको थियो। चुहावटलाई आव २०७३/७४मा २२।९, २०७४/७५ मा २०.४५, २०७५.७६ मा १५.३२ प्रतिशतमा झारिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here