कुन वडामा कतिजना कोरोना संक्रमित पुगे काठमाडौमा ? हेर्नुहोस (सूचीसहित)

0
176

काठमाडौ – काठमाडौ महानगरपालिकामा हालसम्म १६ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये ९३ जनाले ज्यान गुमाएका छन् भने ८ हजार २ सय ६७ जना निको भएका छन् । काठमाडौं महानगरमा ७ हजार ६ सय ३ जना सक्रिय संक्रमितमध्ये ६ हजार ३ सय ५४ जना घर वा डेरामै आइसोलेसनमा छन् । काठमाडौं महानगरमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित वडा नं. १५ स्वयम्भूमा रहेका छन् । स्वयम्भूमा १ हजार २ सय ८३ जनामा कोरोना संक्रमण भएको छ । तर, नयाँ हटस्पटकोरुपमा वडा नं. १६ सोह्रखुट्टे देखिएको छ । त्यहाँ १ हजार २ सय १९ जनामा कोरोना संक्रमण भएको छ । स्वयम्भूमा ८ र सोह्र खुट्टेमा ५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
महानगरको वडा नं.३ महाराजगञ्जमा ८ सय ७ जना, वडा नं. ४ बालुवाटारमा ५ सय ७९ जना, वडा नं। ६ बौद्धमा ५ सय २६ जना, वडा नं.७ मित्रपार्कमा ५ सय ९० जना, वडा नं. ९ गौशालामा ६ सय ८० जना, वडा नं। १० नयाँ बानेश्वरमा ६ सय १९ जना, वडा नं.११ त्रिपुरेश्वरमा ७ सय २२ जना र वडा नं. १३ कालिमाटीमा ७ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै वडा नं. १४ कलंकीमा ९ सय ११ जना, वडा नं. २६ लैनचौरमा ६ सय १६ जना, वडा नं. २८ पुरानो बसपार्कमा ५ सय ७० जना, वडा नं. २९ डिल्लीबजारमा ५ सय १७ जना, वडा नं.३१ भिमसेनगोलामा ५ सय ४० जना र वडा नं.३२ कोटेश्वरमा ९ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ४ सय ६४ जना संक्रमित सम्पर्कमा नै आएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here