कीर्तिपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते

0
6

काठमाण्डाै- कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । कीर्तिपुर नगरपालिका-४ को पुष्पलाल पार्क नजिकै पर्ने थापागाउँमा गएराति कुखुरा पालन गरेको ठाउँमा कुरुवा बसेका एक जनालाई चितुवाले आक्रमण गरेको हो । कीर्तिपुर- ४ का कार्यवाहक अध्यक्ष दिनेशचन्द्र दाहालका अनुसार चितुवा कुखुराको खोरभित्रै थुनिएको छ ।

गएको वैशाख २० गते कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा नियन्त्रणमा लिइएको थियो । यो चितुवाले गएको चैत २५ गते प्रहरी सहायक निरीक्षक (असई) लाई आक्रमण गरेको थियो । त्यसको झण्डै एक महिनाअघि त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग चितुवा ठोक्किएको थियो ।

आहाराको खोजीमा चितुवा मानव बस्तीमा पस्ने क्रम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here