कास्कीमा भूकम्पको धक्का महसुस

0
4

पोखरा- कास्कीमा बुधबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको मिर्सालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस गरेका केही पोखरेलीहरु घरबाहिर समेत निस्किएका थिए ।

भूकम्पबाट सम्भावित क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । नेपालमा २०७२ वैशाख १२ मा गण्डकी प्रदेशकै गोरखाको वारपाक केन्द्रबिन्दु बनाएर ठूलो भूकम्प गएको थियो ।

त्यसयता देशका विभिन्न भागमा निरन्तर भूकम्पको परकम्प महसुस हुने गरेको थियो । बुधबार मिर्सा केन्द्रबिन्दु भएर गएको भूकम्प गोरखा भूकम्पको पराकम्पन हो वा नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here