कारागारमा झडप हुँदा दुई जनाको मृत्यु

0
4

काठमाडौं- संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलङ्गी रहेका छन् ।

आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए।

मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर पुनः कारागारमा लगेको थियो।

त्यसपछि कारागारभित्रै रहेका कैदी कर्मचारीले कुटपिट गरी हत्या गरेको कारागार प्रशासनले जनाएको छ। कुटपिटमा संलग्न ९ जना कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत लगिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here