काठमाण्डौको बुद्धनगरमा दाम्लोसहित भागेको भैँसी समात्न प्रहरी परिचालन

0
5

काठमाण्डौ- काठमाण्डौको बुद्धनगरमा भैँसी समात्न प्रहरी खटिएका छन् । पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । भैँसी कहाँबाट आयो र कसले पालेको हो भन्ने खुलिसकेको छैन । अरुलाई हान्न सक्ने जोखिम रहेकाले निगरानीमा राखिएको प्रहरीको भनाइ छ।

भैँसी भागेर बुद्धनगरको ज्ञान निकेतन स्कुलको हाताभित्र छिरेको छ । भैँसीलाई त्यहीँबाट समात्न प्राविधिक टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

यसअघि २०७५ साल फागुनमा काठमाण्डौको चन्द्रागिरि मच्छेगाउँमा राँगोको आक्रमणबाट एक जनाको ज्यानै गएको थियो । मानिसको ज्यान लिएको राँगोलाई प्रहरीले गोली हानेर मारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here