काठमाडौं महानगरमा जागिर खुल्यो

0
6

काठमाडौं- काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको आवदेन खुलाएको छ । महानगरले यसअघि पनि विभिन्न विज्ञ पदका लागि आवेदन मागेको थियो । तर, पर्याप्त आवेदन नपरेपछि उसले पुनः सूचना निकालेको हो । महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञ÷वन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो।

त्यस्तै काठमाडौं महानगरले मानवशास्त्री, समाजशास्त्री, पुरातत्त्वशास्त्री, अर्थशास्त्री, जन स्वास्थ्यविद्, भूगर्भशास्त्री/भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर मागेको हो ।

यी पदहरूमा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने महानगरले बताएको छ । महानगरले इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवदेन दिन सक्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here