काठमाडौं महानगरका ८९ विद्यालयमा खटिए नगरप्रहरी

0
6

काठमाडौं – सरकारी विद्यालयको पठनपाठन ठप्प भएपछि काठमाडौं महानगरपालिकाले अनुगमन थालेको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरू स्कुल बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि बुधबारदेखि नै पठनपाठन प्रभावित भएको छ ।

काठमाडौं महानगरले विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी बुधबार नै दिएको थियो । महानगरको चेतावनीपछि पनि शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि महानगरले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोलीलाई विद्यालय अनुगमनमा खटाएको छ ।

विद्यालय बन्द रहेको वा पठनपाठन भइरहेको अवस्था बुझ्न महानगरले नगर प्रहरी खटाएको हो । आफूहरुले शिक्षकको हाजिरी हेर्ने भन्दा बन्द वा खुला रहेको बुझ्न मात्रै खटिएको पाण्डले बताए । यदि विद्यालय बन्द भएको पाइएमा त्यहाँका प्रधानाध्यापक र शिक्षकहरुलाई महानगरको शिक्षा विभागले कारबाही अघि बढाउने छ ।

महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा खटिएको नगरप्रहरीले काठमाडौं महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयको बिहीबार नै अनुगमन सकेर प्रतिवेदन दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here