काठमाडौं आइपुगे भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला

0
23

काठमाडौं – भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला काठमाडौं आइपुगेका छन्। दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार बिहान ११ बजे काठमाडौं आइपुगेका हुन्। दक्षिणी छिमेकी भारतसँग गत वर्ष लिपुलेक, कालापानी क्षेत्रबारे विवाद चुलिएको थियो। एक वर्षसम्म चिसिएको दुई देशको सम्बन्धसुधार्न पछिल्लो समय भारतबाट विभिन्न भ्रमण भइरहेका छन्। पछिल्लो एक वर्षमा भारतबाट काठमाडौं आएका श्रींगला उच्च कूटनीतिज्ञ हुन्।
उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम छ। श्रींगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयर्स (एआइडिआइए) ले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्।
शुक्रबार हुने उक्त कार्यक्रममा नेपाल(भारत दुईपक्षीय सहयोगका मुद्दाहरूबारे उनले भनाइ राख्ने एआइडिआइएले जनाएको छ। उनी शुक्रबार बिहान साढे १० देखि साढे ११ बजेसम्म उक्त कार्यक्रममा सहभागी हुनेछन्।
यस कार्यक्रममा थिंक ट्यांकका व्यक्तित्व, राजनितिज्ञ, सरकारी एजेन्सीका कर्मचारी, कूटनीतिज्ञ, शैक्षिकका व्यक्तित्व, व्यापारी सहभागी हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here