काठमाडौंमा प्याजको कालोबजारी, रातारात मूल्य दोब्बर

0
27

काठमाडौं- सोमबार मात्रै भारतले प्याजको निर्यात सम्बन्धी नीतिमा परिवर्तन गर्दै प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य अकासिएको छ । कालिमाटी थोक बजारमा प्याजको मूल्य प्रतिकेजी औसतमा ४४ रुपैयाँले वृद्धि भएको छ । मंगलबार नेपाली बजारमा प्याजको मूल्य ६० रुपैयाँमा किनबेच भइरहेको थियो । बुधबार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी औसतमा १ सय १९ रुपैयाँ पुगेको छ ।
यो मूल्य मंगलबारको तुलनामा करिब ६० रुपैयाँ बढी हो । थोक बजारमै प्याजको मूल्य बढेर प्रतिकेजी १२० पुगेपछि खुद्रा बजारमा न्यूनतम १३० देखि १५० रुपैयाँसम्म किनबेच भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here