काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडे नियन्त्रणमा

0
39

काठमाडौं – काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार नगदसहित ११ जनालाई नियन्त्रणमा लिइएको डीएसपी उमेश लम्सालले बताएका छन् ।
गुरुङको कोठाबाट प्रहरीले ५०० लिटर अवैध घरेलु मदिरासमेत बरामद गरेको जनाएको छ । बरामद मदिरा नष्ट गरिएको पनि डीएसपी लम्सालले बताएका छन् ।
लक्ष्मी गुरुङ यसअघि पनि पटक–पटक जुवा मुद्दा खेपेर अदालतबाट छुटेकी पेशेवर जुवाडे भएको बुझिएको छ । पक्राउ परे पनि उनले स्थान परिवर्तन गराउँदै जुवा खेलाउने गरेको प्रहरी भनाइ छ । नियन्त्रणमा रहेका अन्य जुवाडेहरूको परिचय नखुलाएको प्रहरीले यसबारे अनुसन्धान भइरहेको समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here