काठमाडौंका सार्वजनिक स्थानमा श्रावण १ गतेदेखि धुम्रपान निषेध

0
7

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगमी साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने भएको छ ।
काठमाडौं महानगरपालिका र बानेश्वर ब्यापार संघको संयुक्त पहलमा साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने निर्णय गरिएको हो ।

पहिलो चरणमा बानेश्वर क्षेत्रबाटै उक्त काम सुरु हुने र क्रमिक रूपमा महानगरपालिकाका ३२ वटै वडामा विस्तार गर्ने तयारी गरिएको छ । त्यसका लागि मंगलबारदेखि प्रचासप्रसार सुरु गरिंदै छ । धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान भने तोकिने भएको छ ।

एक वर्षअघि पनि महानगरपालिकाले सूर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो । तर, त्यसको कार्यान्वयन प्रभावकारी नभएपछि कडाई गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here