काठमाडौँ ४ बाट अत्याधिक मत सहित विजयी भए काङ्ग्रेस महामन्त्री गगन थापा

0
41

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले जीत हासिल गर्नुभएको छ । मतगणना सकिँदा थापाले निकटतम् प्रतिद्वन्द्वी माथि सात हजार चार सय ४७ मतको अग्रता लिँदै विजय हासिल गर्नुभएको हो । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार थापाले २१ हजार तीन सय दुई मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डा राजन भट्टरार्ईले १३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको थियो । सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको थियो । यस सँगै थापाले प्रत्यक्षतर्फ काठमाडौँ ४ मा लगातार तेस्रो पटक विजय हासिल गर्नुभएको छ । उहाँले यसअघि २०७० र २०७४ सालको निर्वाचनमा पनि काठमाडौँ ४ बाटै विजय प्राप्त गर्नुभएको थियो । काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा (२) तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् यस क्षेत्रको गणना सकिएको छ । काठमाडौँ–४ प्रदेशसभा (१) अन्तर्गत पर्ने काठमाडौँ महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने महानगरका वडा नं ८ र ३० को मत गणना जारी छ । काठमाडौँ–४ निर्वाचन क्षेत्रबाट ३१ उम्मेदवार रहनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here