कांग्रेस वरिष्ठ नेता पौडेललाई आज जापान सरकारले विभूषण प्रदान गर्दै

0
11
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आज जापान सरकारले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मान गर्ने भएको छ । सभामुख हुँदा गरेका काम र त्यसपछि जापान–नेपाल सम्बन्धका लागि पुर्याएको योगदानका आधारमा उनलाई जापानले सम्मान गर्न लागेको हो । पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न लागेको उनको सचिवालयले जनाएको छ । आज अपरान्ह ३ बजे पौडेलकै निवासमा एक कार्यक्रमकाबीच जापान सरकारले विभूषणबाट सम्मान गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here