कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत गनेर सकिन अझैँ दुईतीन दिन लाग्ने

0
9

काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत गनेर सकिन अझैँ दुईतीन दिन लाग्ने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा भएको महाधिवेशनमा गत मङ्सिर २७ गते मतदान भएको थियो । अझैँ पनि महिला, मधेसी महिला खुला केन्द्रीय सदस्य र प्रदेश लगायत क्षेत्रको मत गन्न बाँकी रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताएका छन् । उनका अनुसार आज बिहान ९ बजेदेखि महिला, मधेसी महिला खुला केन्द्रीय सदस्यको मत गणना सुरु गरिएको छ । हिजोसम्ममा ६ सय मत गनेर सकिएको पनि सचिव श्रेष्ठको भनाइ छ । समितिले ३५ खुला केन्द्रीय सदस्यको अन्तिम नतिजा हिजो सार्वजनिक गरेको थियो । जसमा अधिकाश नेता सभापति शेरबहादुर देउवा प्यानलबाट निर्वाचित भएका छन् । (न्युज सेवाको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here