काँग्रेस नेता नविन्द्रराज जोशीको उपचार जारीरहेको भन्दै , नर्भिकले गर्यो भ्रममा नपर्न आग्रह

0
118

काठमाडौँ – काँग्रेस नेता नविन्द्रराज जोशीको निधन भएको हल्ला फैलिएपछि अस्पतालले विज्ञप्ति निकाल्नु परेको छ। नर्भिक अस्पतालले उनको निधन भएको खबर गलत भएको पुष्टि गर्दै भेन्टीलेटरमा राखेर उपचार भइरहेको विज्ञप्तिमा जनाएको छ। अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ। उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ।

अस्पतालले निकालेको विज्ञप्ति यस्तो छ।

यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो ।तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं ।

उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ । प्रमुख–कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्ट

नर्भिक इन्टरनेशनल हस्पिटल प्रालि
सम्पर्कः ९८५१०१५३९४
२०७७ चैत ४ गते बिहान ७ बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here