कष्टकर बन्दै शीतलहरका कारण तराईको जनजीवन

0
13

काठमाडौं – चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भूभागमा शीतलहर बढ्न थालेको छ । बिहान–बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन । त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ । शीतलहरबाट स्थानीय जनजीवनमा परेको असर कम गर्न सरकारले शीतलहरविरुद्धको प्रतिकार्य योजना कार्यान्वयनका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजना प्रदेश, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here