कवि अर्नेष्टो कार्डानेलको निधन

0
238

काठमाडौं – निकारागुवाका कवि एवं धार्मिक गुरु अर्नेष्टो कार्डानेल (फादर अर्नेष्टो कार्डानेल)को निधन भएको छ । उनको ९५ बर्षको उमेरमा राजधानी मानागुवामा आइतबार निधन भएको हो ।
विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार उनमा केही सातादेखि श्वासप्रश्वासमा समस्या थियो । कार्डानेल दक्षिण अमेरिकी साहित्यमा लोकप्रिय कवि मानिन्छन् ।
सन् २००५ मा नोबेल पुरस्कारका लागि मनोनयनमा परेका कार्डानेलले पाब्लो नेरुदा कविता पुरस्कार, जर्मन बुक ट्रेड पुरस्कार लागयतका विश्व प्रतिष्ठीत पुरस्कारहरु प्राप्त गरेका छन् । इतिहास, विज्ञान, दर्शन र अध्यात्मलाई केन्द्रमा राखेर कविता लेख्ने उनको शैली चर्चित छ ।
२० जनवरी सन् १९२५ मा निकारागुवाको सम्पन्न क्याथोलिक परिवारमा जन्मेका कार्डानेलले साहित्य, राजानीति र धार्मिक अनुष्ठानमा जीवन बिताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here