कवाडी पसलको गोदामबाट २ हजार ६ सय केजी अवैध पटका र बिस्फोटजन्य पदार्थ बरामद

0
12

काठमाडौं – काठमाडौंको कागेश्वरी नगरपालिका–८ गोठाटार नजिकै रहेको कवाडी पसलको गोदामबाट प्रहरीले २ हजार ६ सय केजी अवैध पटका र बिस्फोटजन्य पदार्थ बरामद गरेको छ । आइतबार राति सर्लाही घर भएका ३० वर्षीय कामेश्वर प्रसाद यादवको कबाडी पसलबाट विभिन्न प्रकारका पटका जन्य पदार्थ बरामद भएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । पक्राउ परेका यादवमाथि विस्फोटक पदार्थसम्बन्धी कसुर अन्तर्गतको मुद्दा चलाइनेछ । प्रहरीले गमला पटका २५ केजी, स्पेशल फ्लावरकोन पटका ४२० केजी, हाईड्रो फोईल्स पटका ५४ केजी, झ्याझ्यारे पटका १०९२ केजी, रोल क्यापस पटका १५ केजी, ग्राउण्ड चक्र पटका १२० केजी, स्पाइनर पटका ९६ केजी , हाइड्रो बम पटका ७५ केजी, विभिन्न किसिमका पटका मिसाइएको १२० केजी, ९० हजार नेपाली रुपैयाँ र एक थान मोइबाल बरामद गरेको छ । एसएसपी खापुङले आगामी दसैँ र तिहारलाई लक्षित गरेर तराईको बाटो हुँदै उपत्यका भित्र्याइएको २५ लाख बराबरको पटका बरामद भएको बताए । उनले उक्त अवैध पटका दसैँ, तिहार र छठका लागि नाकामा चेकजाँच कडा नभएको मौका पारेर काठमाडौँ ल्याई भण्डारण गरिएको बताए । एसएसपी खापुङले दसैँ लक्षित सुरक्षा योजना सार्वजनिक गरेपनि नाकामा चेकजाँच कडा नभएकाले यस्ता पदार्थहरु कारोबारीलाई भण्डारण गर्ने मौका मिलेको बताए । उनले उपत्यकामा यस्ता पदार्थहरूको थप खोजी तीव्र पारिएको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here