कर्णालीमा माओवादी सरकारलाई ठुलो धक्का, एमालेले फिर्ता लियो प्रदेश सरकारलाई दिएको समर्थन

0
18

काठमाडौं – नेकपा (एमाले)ले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको एमाले संसदीय दलले जनाएको छ। एमालेका तर्फबाट कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन्। दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए। नेकपा (एमाले)को केन्द्रमा देखिएको स्पष्ट विभाजको कित्ता प्रदेश संसदीय दलमा देखिएको यो पहिलो घटना हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here