कर्णालीमा थप उडान

0
5

हुम्ला- सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा उडान थप गरेको छ । निगमले कर्णालीका चार र सुदूरपश्चिमको एक गरी पाँच जिल्लामा उडान थप गरेको हो । निगमको क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठले यात्रुको चाप वृद्धि र भरपर्दो सडक यातायात नभएका कारण उडान थप्नुपरेको बताए । हुम्ला जिल्ला हालसम्म सडक यातायात नजोडिएको जिल्ला हो । हुम्लाको सिमकोटमा सातामा दुई उडान भइरहेकामा एक उडान थप गरिएको छ । सिमकोटका लागि आइतबार, सोमबार र मङ्गलबार उडान हुनेछ । अन्य चार जिल्लामा सातामा एक उडान भइरहेकामा अब दुई उडान हुनेछन् । नेपालगञ्जबाट जुम्ला सोमबार र मङ्गलबार, मुगुको ताल्चा आइतबार र मङ्गलबार, डोल्पाको जुफालमा सोमबार र बुधबार तथा बाजुराको कोल्टी विमानस्थलमा सोमबार र बुधबार उडान हुने श्रेष्ठले जानकारी दिए । यसअघि निगमको जहाज हप्तामा एक रात नेपालगञ्जमा रहँदै आएकामा अहिले भने तीन दिन बस्दै आएको छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here